यस्तो छ सुनको भाऊ

काठमाडौं । साताको अन्तिम दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाऊमा कुनै परिवर्तन भएको छैन ।

बिहीबार सुन प्रतितोला मूल्य ७१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि सुन प्रतितोला मूल्य ७१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार तेजावी सुन प्रतितोला मूल्य ७१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनिसुन प्रतितोला मूल्य ७१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

यस्तै, बिहीबार चाँदीको मूल्य ८ सय ४० रुपैयाँ कारोबार भएको थियो भने आजपनि चाँदीको मूल्य ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्