Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

पूर्व–पश्चिम राजमार्गमा खाल्डैखाल्डाका कारण दुर्घटनाको जोखिम बढ्यो

सर्लाही । पूर्व–पश्चिम राजमार्गमा खाल्डाखुल्डी हुँदा दुर्घटनाको जोखिम बढेको छ। सर्लाही खण्डमा मात्रै दर्जनौं स्थानमा कालोपत्रे उप्किएर राजमार्गमा ठूल्ठूला खाल्डो बनेका छन् ।

जिल्लाको रानीगञ्ज, लालबन्दी, हरिवन, नयाँरोड र बागमती क्षेत्रमा सडक बिग्रिएकाले सवारी सञ्चालनमा समस्या भइरहेको चालकहरुले गुनासो गरेका छन्।

खाल्डाखुल्डीका कारण मोटरसाइकल, टेम्पु, जीप, कारलगायतका साना सवारी दुर्घटनामा पर्ने क्रम बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर, सर्लाहीले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार तीव्रगतिमा गुडाइने मोटरसाइकल लगायत अन्य सवारी खाल्डोमा परेर उच्छिट्टिने डर हुन्छ । यो अवस्थामा चालकले धेरै ख्याल गरेर सवारी चलाउनुपर्ने ट्राफिक प्रहरीको भनाइ छ ।

डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुर, रौतहटले भने जीर्ण भएको पूर्व–पश्चिम राजमार्ग र पुलहरुमा मर्मतको काम सुरु भइसकेको जनाएको छ । सडकमा खाल्डाखुल्डी पुर्ने र कालोपत्रे गर्ने काम भइरहेको डिभिजन सडक प्रमुख दारोगाप्रसादले जानकारी दिए । इमेजखबरबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: