Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सर्बाधिक छिटो शतक बनाउने पूर्वभारतीय क्रिकेटरको निधन

एजेन्सीः  भारतीय क्रिकेट टिमका पूर्व ओपनर वीबी चन्द्रशेखरको निधन भएको छ । ५७ वर्षीय चन्द्रशेखरको बुधबार निधन भएपनि ढिला गरी उनको निधन भएको खबर सार्वजनिक भएको हो । उनको क्रिकेट करियर तमिलनाडुबाट सुरु भएको थियो ।

रेस्ट अफ इन्डियाविरुद्ध चन्द्रमोहनले १९८८ मा ५६ बलमा शतक बनाएका थिए । त्यो समय पहिलो श्रेणीमा भारतको तर्फबाट सर्बाधिक छिटो शतक बनाउने उनी पहिलो हुन् ।

भारतको तर्फबाट चन्द्रशेखरले १९८८ देखि १९९० सम्म जम्मा ७ वानडे म्याच खेलेका थिए । जसमा उनले ८८ रन बनाएका थिए । वान डेमा न्यूजिल्याण्डविरुद्ध बनाएको ५३ रन उनको उच्च स्कोर हो ।

चन्द्रमोहनले इन्डियन प्रिमियर लिग (आइपीएल) मा महेन्द्रसिंह धोनी नेतृत्वको चेन्नई सुपर किंग्सका लागि क्रिकेट म्यानेजरको भूमिकासमेत निर्वाह गरेका थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: