Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

विद्युतीय धरापमा परी वृद्धाको मृत्यु

भद्रपुर, झापा । जंगली हात्ती नियन्त्रणमा लागि राखिएको विद्युतीय धरापमा परी एक वृद्धाको मृत्यु भएको छ ।

करेन्ट लागेर मृत्यु हुनेमा मेचीनगर नगरपालिका–९ स्थित माथिल्लो मागुरमाडीकी ६० वर्षीया गङ्गा थपलिया रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार आफ्नै घरको पछाडि पट्टीको खेतबारीमा जंगली हात्ती नियन्त्रणका लागि राखिएको विद्युतीय धरापमा परी थपलियालाई बिहीबार राति करेन्ट लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए । वृद्धाको शवलाई पोस्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर ल्याइएको छ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: