चिकित्सकले अझै १५–२० वर्ष बाँच्ने बताएका छन्ः प्रधानमन्त्री ओली

काठमाडौंः  प्रधानमन्त्र केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य सब ठीक भएको र चिकित्सकहरूले अझै १५/२० वर्ष बाँच्ने बताएको बताएका छन् ।

शुक्रबार विहान प्रम निवास बालुबाटरमा नेपाल टेलिभिजनसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले भने, ‘म सब ठीक छु हिजो ९९ डिग्री ज्वरो आएको थियो । एउटा औषधि खाएँ ठीक भयो ।’

याे पनि पढ्नुस  मोदीलाई ओलीले दिए ३ भाषामा जन्मदिनको शुभकामना

त्यस्तै प्रधानमन्त्रीले अगाडि भने, ‘मेरा विरोधीहरूले हल्ला फैल्याएछन् । मेरो हातका औंलादेखि खुट्टाको औंलासम्म सबै जाँच गराएको छु । चिकित्सकहरूले अझै १५/२० वर्ष बाँच्छ्स भन्नुभएको छ ।’

प्रधानमन्त्रीले आफू स्वास्थ्य परीक्षणका लागि फेरि छिट्टै बाहिर जाने बताउँदै भने, ‘विरोधीहरूले सोध्लान कहिले भन्नलान्, म छिट्टै जान्छु ।’

याे पनि पढ्नुस  सिंगापुरबाट आउने वित्तिकै प्रधानमन्त्री र प्रचण्डबीच भेट, के भयो कुराकानी?

कमेन्ट गर्नुहोस्