अदालत लगिए रवि लामिछाने

काठमाडौंः  पत्रकार शालिग्राम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरीको नियन्त्रणमा रहेका सञ्चारकर्मी रवि लामिछानेलाई जिल्ला अदालत, चितवनमा उपस्थित गराइएको छ ।

जिल्ला प्रहरी कार्यालय र अदालतबाहिर लामिछाने समर्थकले गरेको प्रदर्शनका बीच उनीसहित तीन जनालाई अदालत उपस्थित गराइएको हो ।

चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले लामिछानेलाई अदालतमा उपस्थित गराइएको बताए ।

याे पनि पढ्नुस  रविकी पूर्व पत्नीले मुख खोलिन्– ‘वाचा पूरा नगरे कानुनी उपचार खोज्न बाध्य हुनेछु’

‘अहिले म भिडकै बीचमा छु । उहाँलाई भित्र लगिसकिएको छ’, मल्लले भने, ‘थप अनुसन्धानका लागि हामीलाई अदालतले आज म्याद दिनेछ ।’ कानूनतः आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अदालतले अनुमति दिए प्रहरीले २५ दिनसम्म हिरासतमा राख्न सक्छ ।

लामिछानेसँगै बिहीबार पक्राउ परेका न्यूज २४ का पत्रकार युवराज कँडेल र नर्स रुकु भनिने अस्मिता कार्कीलाई पनि अदालतमा उपस्थित गराइएको छ ।

याे पनि पढ्नुस  रवि र अंगुर जिसीविरुद्धको मुद्दा खारेज

कमेन्ट गर्नुहोस्