रविसहित ३ जनालाई ५ दिन हिरासतमा राख्न अनुमति

चितवनः  पत्रकार रवि लामिछानेसहित तीन जनालाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत, चितवनले पूर्वसहकर्मी सालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको हो । चितवन जिल्ला अदालतका न्यायाधीश विनोदकुमार गौतमको इजलासले म्याद थप गरेको प्रहरीले जनाएको छ ।

याे पनि पढ्नुस  रविकी पूर्व पत्नीले मुख खोलिन्– ‘वाचा पूरा नगरे कानुनी उपचार खोज्न बाध्य हुनेछु’

लामिछानेलाई अदालतमा उपस्थित गराउनुअघि उनका समर्थकले प्रदर्शन गरेका थिए । प्रदर्शनकारीले लामिछानेको यथाशिघ्र रिहाइका लागि माग गरेका थिए ।

भिडका बीच प्रहरीले लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई अदालतमा उपस्थित गराएको थियो ।

बिहीबार साँझ लामिछाने र कँडेललाई न्यूज २४ टेलिभिजनबाटै गिरफ्तार गरिएको थियो भने कलंकीबाट अस्मिता कार्कीलाई पक्राउ गरिएको थियो ।

याे पनि पढ्नुस  रविको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन उच्च दालतको आदेश

कमेन्ट गर्नुहोस्