हवाई क्षेत्रलाई ईयूले कालोसूचीबाट हटाउने पर्यटनमन्त्रीको दाबी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपालको हवाई क्षेत्रलाई ईयूले असुरक्षितको सूचीबाट हटाउने बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्सले काठमाडौंमा गरेको ‘नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनका सम्भावना तथा सहजीकरणका सन्दर्भमा निजी क्षेत्रको भूमिका’ नामक कार्यक्रममा भट्टराईले हवाई सुरक्षामा अन्य देश नेपालभन्दा कमजोर रहेको र आपूmले ईयूका पदाधिकारीसँग कुरा गरिसकेकाले समाधान छिट्टै हुने बताएका छन् । ४ लाख नेपाली युरोपेली देशमा रहेको भन्दै ईयूले कालोसूचीबाट हटाउनुपर्ने बताएका छन् ।

मन्त्री भट्टराईले अबको एक महिनाभित्रमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे । भट्टराईले पहिलेको तुलनामा सुधार भएको र आकाशमा हुने ‘हवाई ट्राफिकिङ’ लगायतका समस्यालाई अझै व्यवस्थित ढंगबाट समाधान गरी समग्र सुधार गर्ने बताए ।

पर्यटन वर्ष सन् २०२० लाई सफल बनाउने उद्देश्यले विमानस्थलको सुधार, भूकम्पबाट भत्किएका सम्पदाको पुनःसंंरचना लगायतका कामलाई सरकारले तीव्रता दिएको बताए । विमानस्थलमा खटिएका कर्मचारीलाई सकारात्मक सोचको तालिमको समेत व्यवस्था गरिएको बताउँदै आन्तरिक उडानमा देखिएका समस्यासमेत समाधान गर्ने बताए ।

मन्त्री भट्टराईले आन्तरिक विमानस्थलको विकास र विस्तारको काम भइरहेको भन्दै पोखरा, बारा र रुपन्देहीलगायतका स्थानमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम तीव्रताका साथ अघि बढिरहेको बताए ।

कमेन्ट गर्नुहोस्