एकाएक वामदेवले उपाध्यक्ष पाउनुको रहस्य, यस्तो छ कारण

काठमाडौंः  नेकपाभित्र भूमिका नपाएको भन्दै अन्तुष्ट रहेका नेता बामदेव गौतमलाई रिझाउन उपाध्यक्ष पद सिर्जना गरिएको छ । सविचालयका बैठकले गौतमलाई उपाध्यक्ष बनाउने सहमति गर्दै यससम्बन्धी प्रस्ताव स्थायी समितिमा पठाउने निर्णय गरेको छ ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकीकरणको सुत्रधारको भूमिका खेलेका गौतम एकतापछि निकै असन्तुष्ट थिए।

प्रतिनिधिसभाको चुनावसमेत हारेपछि त उनको राजकीय भूमिका सक्रिय हुने योजनासमेत सफल भएन। त्यसैले उनले पार्टीभित्र वा कुनै राजनीतिक नियुक्तिमार्फत कुनै भूमिका दिन नेताहरुलाई आग्रह गरेका थिए।

त्यसअन्तर्गत उनले सुरुमा विकास निर्माण गर्ने प्राधिकरण बनाएर त्यसको काम गर्ने जिम्मा दिन पार्टीभित्र प्रस्ताव गरे। उनको यो प्रस्तावलाई शीर्ष नेताहरुले चासो दिएनन्।

याे पनि पढ्नुस  विप्लवका २ कार्यकर्ता रिहा लगत्तै नेकपामा प्रवेश

त्यसपछि उनलाई संसद्‌मा ल्याउने योजनाअनुसार केही निर्वाचन क्षेत्र खाली गर्ने प्रयास भयो। हुम्लादेखि काठमाडौं ७ को निर्वाचन क्षेत्रसमेत खाली गर्ने प्रयास गरियो। तर बामदेवका लागि सिट खाली गर्न खोजेको भन्नेबित्तिकै त्यसले ठूलै हंगामा भयो। पार्टीभित्र र बाहिरसमेत विरोध भयो। त्यसपछि गौतम उपचुनावमार्फत संसद्‌मा आउने योजनाबाट पछि हटे।

पार्टीभित्र आफ्नो भूमिकाको ओलीले कदर नगरेको भन्ने उनको गुनासो थियो। त्यसैले उनले गत पुसको स्थायी समिति बैठकमा प्रधानमन्त्री केपी ओलीलाई आलोचना गर्दै १६ पृष्ठको छुट्टै प्रतिवेदन पेस गरेका थिए। प्रतिवेदनमा अध्यक्ष ओली नेतृत्व सरकारको कामकारबाही ठीक नभएको मात्र होइन ‘एक व्यक्ति एक पद’को नीतिमा जानुपर्ने प्रस्ताव गरेका थिए।

याे पनि पढ्नुस  प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न सिंगापुर जाँदै गौतम र पौडेल

उनले पार्टीको अध्यक्ष पनि र प्रधानमन्त्री पनि एउटै व्यक्ति हुँदा काम हुन नसकेको भन्ने प्रतिवेदनमा उल्लेख गरेका थिए। ओलीको क्याम्पका नेता गौतमले अर्का अध्यक्ष पुष्पकमल दाहालको पक्ष लिने गरी भूमिका खेलेपछि नेकपाभित्रको ओली समूहमा उनलाई आफ्नै क्याम्पमा फर्काउने प्रयास जारी थियो।

पछिल्लो समय विभागहरुको जिम्मेवारी दिने सन्दर्भमा गौतमले संगठन विभागको जिम्मेवारी खोजे। त्यो विभाग उनलाई दिने सहमति यसअघि नै भएको थियो। तर, विभागको विगतमा खेलेको भूमिकाको कदर गर्ने आफूलाई सम्मानित हुने पोजिसनमा राख्नुपर्ने गौतमको माग थियो। त्यसैले उनलाई सचिवालय सदस्यको पदबाट बढुवा गरेर उपाध्यक्ष बनाउने सहमति सचिवालयमा भएको हो।

याे पनि पढ्नुस  नेकपा कार्यकर्ताकाे आक्रमणबाट कांग्रेस बाँके सभापतिको हात भाँचियो

प्रधानमन्त्री ओली सिंगापुरबाट फर्केपछि गत मंगलबार तीन घण्टा नेता गौतमसँग बालुवाटरमा एक्लै बैठक गरेका थिए। त्यसपछि बुधबार अध्यक्षद्वय ओली र दाहालबीच छलफल भएको थियो। अध्यक्षद्वयको छलफलबाट शुक्रबार गौतम उपाध्यक्षमा सिफारिस भएका हुन्। सचिवालयले गरेको निर्णय अब स्थायी समितिमा छलफल हुने छ। कान्तिपुर डट. कमबाट साभार

कमेन्ट गर्नुहोस्