Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

चिनियाँ राजदूत सुन्दरीको नेपाललाई यस्तो सन्देश

काठमाडौंः  चिनियाँ राजदूत होउ यान्छीले एउटा ट्वीटमार्फत नेपाल भ्रमण वर्ष २०२० को शुभकामना दिएकी छिन् ।

नेपालमा रादूतको जिम्मेवारी सम्हाले यता ट्वीटरमा निकै सक्रिय रहेकी यी चिनियाँ कुटनैतिक सुन्दरीले आफ्ना केही तस्बिर समेत सार्वजनिक गरेकी छिन् ।

यान्छीले चार तस्बिर सार्वजनिक गर्दै अंग्रेजी र नेपालीमा लेखेकी छिन्, “मेरो मनमा नेपाल ! नेपाल भ्रमण वर्ष २०२० को सफलताको शुभकामना !”

चीनमा फेसबुक र ट्वीटरमाथि प्रतिबन्ध छ । तर काठमाडौँस्थित चिनियाँ राजदूतावासले भने गत असारदेखि ट्वीटरमार्फत आफ्ना औपचारिक गतिविधि सार्वजनिक गर्न थालेको हो ।

नेपालका लागि चिनियाँ राजदूतावासले राजदूत यान्छीका लागि खोलेको अकाउन्टको ह्याण्डल @PRCAmbNepaL रहेको छ ।

हेरौं तस्बिर:

 

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: