क्यान्सर पीडित रेग्मीलाई तनहुँ सेवा समाज कतारको आर्थिक सहयोग

दोहा,साउन ३१।क्यान्सर पिडित पुर्ण प्रसाद रेग्मीलाई तनहुँ सेवा समाज कतारले आर्थिक सहयोग प्रदान गरेको छ ।

तनहुँको बन्दिपुर गाउपालिका वडा न ५ थुम्का निवासी क्यान्सर पीडित पुर्ण प्रसाद रेग्मीको श्रीमती अप्सरा रेग्मीलाई घरमै पुगि समाजका बरिष्ठ उपाध्यक्ष नारायण प्रसाद ढुङ्गनाले नगद एक लाख एघार हजार आठ सय बत्तिस रुपैया प्रदान गरेका हुन ।

रेग्मीको प्याडक्रियाज (पेटको क्यान्सर)भई भारतको राजिब गान्धी अन्तर्रा्स्ट्रिय क्यान्सर अस्पताल दिल्लीमा उपचार भैरहेको र उनको आर्थिक अबस्था निकै कमजोर भएको हुदाँ समाजले उपचारका लागी सहयोग गरेको समाजका कार्यसमिती सदस्य मिन राज वाग्लेले जानकारी दिए ।

“सवाल र समृद्धी जिल्ला निर्माणमा प्रवासीको योगदान, सहयोग र सदभाव सबैमा तनहुँ सेवा साजको अभियान” भन्ने मुल नाराका साथ कतारमा सन् २००४ मा स्थापना भएको संस्थाले विभिन्न क्षेत्रमा सहयोग गर्दै आईरहेको छ । संस्थाले बिशेषत गृहजिल्लामा शिक्षा, स्वास्थ्य, खानेपानी, विपन्न वर्गका लगाएतलाइ आर्थिक सहयोग प्रदान गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्