Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

संकटमा रविः अमेरिकामा रहेको घरको किस्ता नतिर्दा घर खाली गर्न सूचना

काठमाडौं । पत्रकार रवि लामिछाने यतिवेला चितवन प्रहरीको नियन्त्रणमा रहेका छन् ।

पत्रकार शालिग्राम पुडासैनीको मृत्यु प्रकरणमा पक्राउ परेका लामिछानेलाई जिल्ला प्रहरी कार्यालय चितवनले जिल्ला अदालतमा पेश गरेको थियो । अदालतले थप अनुसन्धानका लागि लामिछानेसहितका तीन जनालाई पाँच दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।

न्यूज २४ का पूर्व सहकर्मी पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भनिएको एक भिडियोमा आफ्नो मृत्युको कारण रवि लामिछाने, युवराज कडेल र अस्मिता भनिने रुकु कार्की भएको बताएपछि थप अनुसन्धानको लागि भन्दै उनीहरु तीनै जनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

विवादको घेरमा रवि
‘सिधा कुरा जनतासँग’ नामक टेलिभिजन कार्यक्रममार्फत चर्चामा रहेका पत्रकार लामिछाने यसअघि पनि विभिन्न विवादमा फस्दै आएका छन् ।

पत्नीसँगको डिभोर्सदेखि पत्रकारको पास लिन्न भन्ने विषय सम्मले लामिछाने विवादमा तानिएका थिए । लामो समय अमेरिकामा बसोबास गरेर उतै घरजम गरेका लामिछाने नेपाल फर्किएर पुन पत्रकारितामा सक्रिय बनेका थिए । तर उनले प्रेस काउन्सिलको नेतृत्व नालायकी भएको भन्दै पास नलिने बताए ।

उनी अवैधानिक रुपमा नेपालमा बसेर काम गरिरहेको भन्दै विरोध तिब्र भएसँगै लामिछानेले अमेरिकाको नागरिकता त्यागेर पुन नेपालको नागरिकता लिएका थिए ।

त्यसपछि उनी पत्नीसँगको डिभोर्स प्रकरणका कारण चर्चामा रहे । पत्नी इशासँग डिभोर्स गरि रविले निकिता पौडेलसँग विवाह गरेका छन् । खबरहबबाट साभार

कमेन्ट गर्नुहोस्

%d bloggers like this: