आफ्नै सासूलाई बन्चरो प्रहार गर्ने बुहारी पक्राउ

काभ्रेः आफ्नै सासुलाई बन्चरो प्रहार गरेको अभियोगमा पाँचखाल नगरपालिका–९ बस्ने २३ वर्षीया सरिता सार्की पक्राउ परेकी छिन् ।

४८ वर्षीया सासू धौमती सार्कीलाई बन्चरो प्रहरी गरेको आरोपमा सरितालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

घरायसी बिवादको कारण सरिताले आफ्नै सासूलाई बन्चरो प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भगवतीस्थानबाट खटिएको प्रहरीले उनलाई बन्चरो सहित पक्राउ गरेको हो ।

घाइते धौमतीको धुलीखेल अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्