Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना चढेको हेलिकोप्टर आकस्मिक अवतरण

रुकुम ।  राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना चढेको प्रभु कम्पनीको हेलिकोप्टर आकस्मिक अवतरण गरिएको छ।

बागलुङको ढोरपाटनबाट पोखराका लागि उडेको हेलिकप्टर खराब मौसमका कारण रुकुम पूर्वको भूमे गाउँपालिका–६, मा रहेको बाल जनजागरण आधारभूत विद्यालय रिसालचौरमा आकस्मिक अवतरण गरिएको हो।

शुक्रबार बिहान बागलुङको ढोरपाटनमा ढोरपाटन महोत्सव उद्घाटन गर्न आएका राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना दिउँसो पोखरा फर्कन थालेका थिए।

उड्दै गरेको हेलिकाेप्टर खराव मौसमका कारण दिउँसो करिब साढे १ बजे रिसालचौर विद्यालयको प्राङ्गणमा अवतरण गरेको प्रहरीले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: