विप्लवका ४ नेताद्वारा आत्मसमर्पण

रुकुम । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका ४ नेताले आत्मसर्पण गरेका छन्। शुक्रबार रुकुम पूर्व जिल्ला प्रशासन कार्यालयमा पुगेर उनीहरुले आत्मसमर्पण गरेका हुन्।

प्रहरीका अनुसार आत्मसमर्पण गर्नेमा रोल्पाको थवाङ गाउँपालिका–१ घर भइ हाल भूमे गाउँपालिका–२ बस्दै आएका २५ वर्षीय बालकुमार बुढा मगर, भूमे गाउँपालिका ६, का २४ वर्षीय महेश सुनार, ३० वर्षीय बटकुमार बुढा मगर र १९ वर्षीय विनोद छिनाल रहेका छन्। उनीहरु विप्लव समूहका सक्रिय र भूमिगत कार्यकर्ता रहेका प्रहरीको भनाई छ ।

याे पनि पढ्नुस  भारतविरुद्व सीमा नाकामै प्रदर्शन गर्ने तयारी गर्दैगर्दा ‘विप्लव’का ६ विद्यार्थी पक्राउ

जिल्ला प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक योगेन्द्रकुमार खड्काका अनुसार जिल्ला प्रहरी कार्यालयसँगको सम्पर्क मार्फत उनीहरुले जिल्ला प्रशासन कार्यालयमा आत्मसपर्मण गरेका हुन् ।

यसअघि साउन २८ गते प्रहरीले जिल्ला सेक्रेटरी देवीलाल पुनसहित ६ जनालाई पक्राउ गरेको थियो।

कमेन्ट गर्नुहोस्