पेट्रोल छर्केर एनसेलको टावरमा आगजनी

बागलुङः  अज्ञात समूहले बागलुङको जैमिनी नगरपालिका–७ जैदिमा रहेको एनसेलको टावरमा आगजनी गरेको छ।

जैदीको व्यार्थला मौदानमा रहेको एनसेलको रिपिटर टावरमा बिहीबार राति अज्ञात समूहले आगजनी गरेको हो ।

शुक्रबार दिउँसोसम्म पनि स्थानीयले प्रयोग गरेको मोबाइलमा एनसेलको नेटवर्क नदेखाएपछि टावरको खराबीका विषयमा खोजी भएको थियो।

उच्च पहाडमा रहेको उक्त टावरमा पुगेको प्रहरीले टावर आगजनी भएको अबस्थामा रहेको जानकारी गराएको प्रहरी निरीक्षक नरेन्द्रजंग कार्कीले बताए।

अज्ञात समूहले पेट्रोलियम पदार्थ छर्केर बिहीबार राति आगजनी गरेको स्थानीयले बताएका छन्। टावरको व्याट्री, तार जलेर नष्ट भएको कार्कीले जानकारी दिए। टावरको वरपर भने कुनै क्षति भएको छैन्।

घटनाभएको स्थाननजिकै आगो लगाउनका लागि प्रयोग भएको कपडाको झुम्रा भेटिएकाले टावरमा आगजनी भएको यकिन गर्न सकिने कार्कीले बताए।

कमेन्ट गर्नुहोस्