विदेशीलाई नेपाली नागरिकता दिलाउने वडाध्यक्ष पक्राउ

कास्कीः  विदेशीलाई नेपाली नागरिकता दिलाउन सिफारिस गर्ने पोखरा महानगरपालिका–१८ का अध्यक्ष रणबहादुर थापासहित तीन जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीअनुसार वडाध्यक्ष थापा, वडा सदस्य ज्ञानबहादुर थापा र पञ्जिकाधिकारी राजेन्द्र पौडेललाई शुक्रबार पक्राउ गरिएको हो । उनीहरुलाई वडा कार्यालयबाटै पक्राउ गरिएको डिएसपी केसीले जानकारी दिए ।

यसअघि नेपाली नागरिकता लिएका २ विदेशी तासी आङबो र सरु आङबोलाई प्रहरीले पक्राउ गरेको थियो ।

उनीहरुलाई नागरिकता दिलाउन झुटा कागज बनाउन सहयोग गर्ने ८ जना पनि पक्राउ परेका छन् । नागरिकता लिने दुवै तिब्बतीयन भएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्