रवि शास्त्री नै बने भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षक

काठमाडौंः  रवि शास्त्रीलाई नै पुनः भारतीय क्रिकेट टिमको प्रशिक्षकमा नियक्त गरिएको छ । शास्त्रीको कार्यकाल २०२१ मा भारतमा हुने टि–२० विश्वकपसम्म रहने छ ।

आईसीसी विश्वकपपछि कार्यकाल सकिने भए पनि जारी वेस्ट इण्डिज सिरिजका कारण उनको कार्यकाल ४५ दिन थप गरिएको थियो ।

त्यसपछि नयाँ प्रशिक्षकका लागि आवेदन खुला गरिएकोमा शास्त्रीसहित ६ जनाको नाम छनोट समितिले शर्ट लिस्ट गरेको थियो ।

याे पनि पढ्नुस  विराटले रचे इतिहास, तोडियो धोनीको कीर्तिमान

६ जनामध्ये वेस्ट इण्डिजका फिल सिमन्सले नाम फिर्ता लिएपछि मुम्बईमा शुक्रबार ५ जनाको अन्तर्वार्ता लिइएको हो । जसमा शास्त्रीको अन्तर्वार्ता भने भारतीय टिमसँग वेस्ट इण्डिजमा रहेकाले भिडियो कन्फ्रेन्समार्फत लिइएको थियो ।

रेसमा रहेका पाँच जना प्रशिक्षकका उम्मेदवारमा रवि शास्त्री सबैभन्दा अगाडि रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका थिए ।

याे पनि पढ्नुस  अन्ततः धोनी सिरिजबाट आउट, दक्षिण अफ्रिकाविरुद्ध को–कोले पाए मौका?

शास्त्री २०१७ मा भारतीय टिमको प्रमुख प्रशिक्षक बनेका थिए । उनको रेकर्ड भने राम्रो रहेको छ । यो २ वर्षमा भारतले अस्ट्रेलियामा पहिलो पटक सिरिज जित्न सफल भयो ।

२०१७ मा भएको २१ टेस्टमध्ये भारतले १३ वटामा जित निकाल्न सफल भयो । टी २० मा पनि ३६ मा २५ मा जित निकाल्न सफल भएको थियो । एक दिवसीय क्रिकेटको कुरा गर्ने हो भने ६० वटामा ४३ वटामा जित निकालेको थियो ।

याे पनि पढ्नुस  भारतीय क्रिकेट खेलाडीले वेस्टइन्डिजमा श्रीमतीसँग बस्न पाउने, विश्वकप यता थिएन अनुमति

कमेन्ट गर्नुहोस्