Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नेकपाको ३२ विभागमध्ये महिलालाई २ विभाग मात्र

काठमाडौंः  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ३२ वटा विभागको प्रमुख तोक्दा २ वटा मात्र विभागको प्रमुखमा महिलालाई जिम्मेवारी दिएको छ।

पार्टी सचिवालयको शुक्रबार बसेको बैठकले तोकेको जिम्मेवारी अनुसार उद्योग तथा वाणिज्य विभागको प्रमुखमा राधा ज्ञवाली र खानेपानी तथा सरसफाइ विभागको प्रमुखमा बिना मगर तोकिएका हुन् ।

३२ विभागका उपप्रमुखहरूमा ४ जना महिला छन् । जसमध्ये खानेपानी तथा सरसफाइ विभागमा ममता गिरी, सामान्य प्रशासन विभागको उपप्रमुखमा रेखा शर्मा, स्थानीय तहको उपप्रमुखमा उर्मिला अर्याल, स्वास्थ्य तथा जनसंख्या विभागको उपप्रमुखमा अञ्जना विसंखे रहेका छन् ।

यस्तै शुक्रबारकै बैठकले ७ वटै प्रदेश कमिटीमा सह–इन्चार्जहरू पनि तोकेको छ । प्रत्येक प्रदेशमा दुई्दुईजना गरी १४ जना सह–इन्चार्ज हुँदा गण्डकी प्रदेशमा एकजना महिला यशोदा सुवेदी (गुरुङ) परेकी छिन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: