जिल्ला प्रहरी कार्यालय चितवनमा ढुंगामुढा प्रहार, ५ प्रहरी घाइते

काठमाडौंः  ठूलो समूहले जिल्ला प्रहरी कार्यालय चितवनमा शुक्रबार साँझ ढुंगामुढा प्रहार गरेका छन् ।

चितवनमा प्रहरी प्रमुख एसपी दानबहादुर मल्लका अनुसार प्रहरी चौकी बाहिरबाट समूहले चौकीभित्र ढुंगा, मुढा र रड प्रहार हुँदा ५ जना प्रहरी घाइते भएका छन् ।

एसपी मल्लले चौकीभित्र ढुंगा मुढा प्रहार भएपछि प्रहरीले १० सेल अश्रुग्यास हानेको जानकारी दिए ।

याे पनि पढ्नुस  शालिकराम आफ्नै कारण मरे, रवि आफ्नै कर्मले फसेः बिमल पोखरेल

पत्रकार शालिकराम पुडासैनीको मृत्युको विषयमा अनुसन्धान गर्न प्रहरीले टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई पक्राउ गरेको थियो ।

उनीहरुमाथि थप अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालतबाट ५ दिन म्याद लिएको थियो । शुक्रबार दिनभरजसो रवि लामिछानेको समर्थकले चितवनमा प्रहरी कार्यालय र जिल्ला अदालतअगाडि प्रदर्शन गरेका थिए ।

याे पनि पढ्नुस  रवि लामिछानेविरुद्ध फेरी अर्काे मुद्दा, यस्तो छ कारण

कमेन्ट गर्नुहोस्