ससुरालीमै गएर श्रीमती र सासूमाथि खुकुरी प्रहार

पाँचथरः  जिल्लाको कुम्मायक गाउँपालिका–१ पेनधारास्थित एक व्यक्तिले आफ्नै श्रीमती र सासूमाथि खुकुरी प्रहार गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार झापाको दमक नगरपालिका–२ मिलडाँडाका जीवन दर्नालले सासू र श्रीमतीलाई खुकुरी प्रहार गरी घाइते बनाएका हुन् ।

जीवनको खुकुरी प्रहारबाट उनकी श्रीमती २० वर्षकी सीता दमाई र सासू ५० वर्षकी भीमकला दमाई घाइते भएका जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिल पौडेलले जानकारी दिए ।

याे पनि पढ्नुस  गर्मी लागेसँगै यासोक बजारमा खानेपानीको हाहाकार

प्रहरी निरीक्षक पौडेलका अनुसार माइतबाट घर लैजान आएका दर्नालले श्रीमती घर जान नमानेपछि खुकरी प्रहार गरेका हुन् ।

पाँच दिन अगाडि श्रीमती लिन दर्लान ससुराली आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

खुकुरी प्रहारबाट भीमकलाको बायाँ हात, बायाँ गालामा र सीताको बायाँ हातमा गम्भीर चोट लागेको उनको भनाइ छ ।

याे पनि पढ्नुस  सुत्केरीको मृत्यु भएपछि आफन्तको प्रदर्शन, अस्पताल तनावग्रस्त

सीताको अवस्था गम्भीर रहेको पौडेले जानकारी दिए । घाइते दुवैको जिल्ला अस्पताल पाँचथरमा उपचार हुन नसकेपछि झापा पठाइएको उनले बताए ।

कमेन्ट गर्नुहोस्