कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले बगरमै पिर्का राखेर लिए सलामी

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले खोलाको बगरमा पिर्कामा उभिएर सलामी लिएका छन् ।

मुख्यमन्त्री शाही बिहीबार गृहनगर पचालझरना पुगेका थिए । गृहनगर पचालझरनाको लाफाखोलामै पिर्का राखेर सलामी लिएका हुन् । खोला किनारको बगरमा रातो कपडाले बेरेको पिर्कामा उभिएर प्रहरी टोलीको सलामी लिएका हुन् ।

याे पनि पढ्नुस  प्रदेश र स्थानीय सरकार छन् भन्ने संघीय सरकारलाई थाहा छैनः मुख्यमन्त्री शाही

उनले सलामी लिँदा स्थानीय बासिन्दा भने हाँसिरहेका थिए । गृहनगरमा उनलाई क्रान्तिकारी नेताका रूपमा लिने गरिएको थियो । जनप्रतिनिधिले लिइरहेका सलामीको आलोचना भइरहेका वेला मुख्यमन्त्री शाहीले सलामी लिएको फोटो सामाजिक सञ्जालमा राखेर उनकै पार्टी कार्यकर्ता पनि आलोचना गरिरहेका छन् ।

यसैबीच, साताव्यापी गृहजिल्ला भ्रमणमा रहेका मुख्यमन्त्री शाहीलाई पचालझरनाको फेदीमा स्थानीय बासिन्दाले २० किलोग्रामको स्याउको माला लगाएका छन् । पचाल झरना गाउँपालिकाको पाँचौं विशेष गाउँसभालाई सम्बोधन गर्न गएका मुख्यमन्त्री शाहीलाई स्थानीय बासिन्दाले एक सय ८१ दाना स्याउको माला लगाएका हुन् ।

याे पनि पढ्नुस  मुख्यमन्त्री गुरुङले कार्यालयमै मदिरा पिए, पदबाट हटाउन माग

पचाल झरना गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले भने एक सय ८१ मिटर उचाइको ओझेलमा परेको पचालझरनाको पर्यटकीय विकासका लागि प्रदेश सरकारको एजेन्डा बनोस् भन्ने उद्देश्यले माला लगाएको बताए । प्रदेश सरकारको ध्यानाकर्षण गराउन माला लगाएको उनको भनाइ छ । नयाँ पत्रिकाबाट साभार

कमेन्ट गर्नुहोस्