निजामती कर्मचारीको उमेर हद ६० वर्ष

काठमाडौं । निजामती कर्मचारीको उमेर हद अन्ततः ६० वर्ष पुर्याउने भएको छ। संसदको समितिमा दफावार छलफलको क्रममा रहेको संघीय निजामती सेवासम्बन्धी विधेयकमा कर्मचारीको उमेर हद ६० वर्ष पुर्याउने विषयमा सहमति जुटेको छ ।

मुलुकको प्रशासन हाक्नेगरी बनाउन लागिएको संघीय निजामती सेवा ऐनमा कर्मचारीको उमेर हदसम्बन्धी नयाँ व्यवस्था गर्न लागिएको हो। हाल निजामती कर्मचारीको उमेर हद ५८ वर्ष रहेको छ। यो समाचार राजधानी दैनिकमा छ ।

कमेन्ट गर्नुहोस्