बैंकको नाफा ६५ अर्ब ३९ करोड

काठमाडौं । २८ वाणिज्य बैंकले आव २०७५/७६ मा ६५ अर्ब ३९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। ०७४/७५ को तुलनामा बैंकहरुको खुद नाफा २४.५८ प्रतिशतले बढेको हो। २०७४/७५ मा बैंकहरुले साढे ५२ अर्ब रुपैयाँ नाफा कमाएका थिए।

०७४/७५ को तुलनामा तीन बैंकको नाफा घटेको छ भने बाँकी २५ बैंकले नाफा बढेको छ। कर्जा लगानी गर्न रकम अभाव हुँदाहुँदै पनि नाफमा उल्लेख्य वृद्धि भएको छ। आव २०७५/७६ मा वाणिज्य बैंकको औसत निक्षेप दर ६.५८ प्रतिशत र कर्जामा ब्याजदर १२.३१ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

याे पनि पढ्नुस  बैंकहरुले नै गर्दैनन् साइबर सेक्युरिटी बीमा

कमेन्ट गर्नुहोस्