रविको समर्थनमा निस्केको जुलुसमा घुसपैठ र पैसा उठाइयो, प्रदर्शन नियन्त्रण बाहिर

चितवनः  शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएका रवि लामिछानेका समर्थकहरुको प्रदर्शन नियन्त्रणबाहिर पुगेको छ ।

आन्दोलनको नेतृत्व कसले लिएको भन्न नसक्दा विभिन्न तत्वहरुले प्रदर्शनलाई धमिलो पानीमा माछा मार्ने मौकाका रुपमा लिएको देखिएको छ ।

शुक्रबार रविको रिहाईका लागि भरतपुरमा भएको प्रदर्शनमा शनपबार चितवन बन्दको पर्चा बाँडिएको थियो । तर रविका समर्थकहरु भने आफुले बन्दको आव्हान नगरेको बताउँछन् ।

वि लामिछानेका समर्थ चितवनका अभियान्ता अर्जुन भुषालले बन्दको बिरोध गर्दे फेसबुक लाइभ गरेका छन् । उनले भने,हामी बन्द विरोधी हौं । रवि लामिछानेको समर्थनमा बन्द होइन शान्तिपूर्ण आन्दोलन गर्छौ । बन्द कहाँबाट भनिएको छ,मैले पनि थाहा पाएको छैन्,बन्दको आब्हान गर्दै कस्ले पर्चा बाँढ्यो ।

उनले रवि लामिछानेको समर्थनका नाममा घुसपैठ भएको हुनसक्ने बताए ।

उनले भीडमा पैसा उठाउने काम पनि गलत भएको बताएका छन् । उनले सरकारको र मन्त्रीको विरोध गरेर समस्या समाधान नहुने तर्क गरेका छन् ।

यो पनि पढ्नुहोस्
भीडले कानुनलाई नियन्त्रित र निर्देशित गर्ने हो भने किन चाहियो कानुन?

निर्मला पन्तको बलात्कारपछि हत्या भएपछि घटनालाई राजनीतिकरण गर्दै प्रदर्शन भएपछि हिंसात्मक आन्दोलनमा एकजना किशोरको ज्यान गएको थियो ।

अहिले चितवनमा पनि केही तत्वले सरकारलाई अप्ठ्यारोमा पार्न आन्दोलनलाइ हिंसात्मक बनाउने काशिस गरेको प्रहरिको आकलन छ । रविका समर्थकहरुले शान्तिपुर्ण आन्दोलन गर्ने बताईरहँदा प्रदर्शनमा घुसपैठ भएपछि चितवन प्रहरिले विशेष सतर्कता अपनाएको छ ।

यसैबीच आज रविको समर्थनमा देशका विभिन्न जिल्लाबाट मानिसहरु चितवन आएका छन् । आजको प्रदर्शन झन ठुलो संख्यामा हुने देखिन्छ ।

कमेन्ट गर्नुहोस्