Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

रवि लामिछानेका समर्थकलाई ‘काउन्टर’ जवाफ, निष्पक्ष छानविन हुनुपर्ने माग

चितवा । माउन्टेन टिभिका पत्रकार शालिकग्राम पुडासैनिको आत्महत्या प्रकरणमा स्वतन्त्र छानविन गर्न र न्याय दिलाउन भन्दै शनिबार विहानै चितवनका युवाहरुले प्लेकार्ड सहितको जुलुश निकालेका छन् ।

पुडासैनीले आत्महत्या अघि बनाएको सुसाइड भिडियोमा न्युज २४ का पत्रकार रविलामिछानेले आफूलाई मर्न बाध्य पारेको वताएपछि अनुसन्धानका लागी पत्रकार लामिछाने सहित ३ जनालाई विहिबार राति प्रहरीले पक्राउ गरि चितवन पुर्याएको छ ।

शुक्रबार दिनभर लामिछानेका समर्थकका नाममा कांगस र केही राजावादी हरुले चितवनमा लामिछानेमाथि छानविन गर्न नपाइने भन्दै नाराजुलुश गरे ।

शनिवार विहानै चितवनका स्थानिय युवाहरुले कानुनत छानविन गर्नुपर्ने पुडासैनिलाइ न्याय दिलाउनुपर्ने भन्दै प्लेटकार्डसहित चितवनको चौविसकोठीबाट जिल्ला प्रहरी कार्यालयसम्म जुलुश निकालेका छन् । यो घटनाले लामिछानेका कथित शुभेच्छुकहरूलाई झट्का लागेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: