Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

फिलिपे कौटिन्हो बार्सिलोनाबाट बायर्नमा

एजेन्सी । बार्सिलोनाका ब्राजिलियन मिडफिल्डर फिलिपे कौटिन्हो जर्मन क्लब बायर्न म्युनिख स्थानान्तरण हुने भएका छन्। यही सिजन लोनमा उनी बायर्न जानेबारे दुई क्लबबीच सहमति जुटेको छ।

फिलिपेलाई बायर्नले एक वर्षे लोनमा लिने सहमति जुटेको हो। यो सिजन बार्सिलोना पराजित भएको ला लिगाको पहिलो खेलमा मैदानमा नउत्रिएका फिलिपे लिभरपुलबाट बार्सिलोना पुगेका थिए। बार्सिलोनाले लिभरपुलबाट किन्दा फिलिपेका लागि ठूलो खर्च गरेको थियो।

क्लबको मिडफिल्ल्डमा गतिलो प्रदर्शन गर्न नसकेपछि बार्सिलोनाले फिलिपेलाई लोनमा पठाउन लागेको छ। बार्सा अहिले नेइमारलाई पुनः भित्र्याउने प्रयासमा लागेको छ । बार्सिलोनाका प्रवक्ता गुइलेर्मो अमोरले कौटिन्हो बायर्न जाने पुष्टि गर्दै उनले एक सिजन त्यहाँ खेल्ने जनाए ।

अघिल्लो सिजनमा फिलिपेले बार्सिलोनाबाट ५४ खेलमा ११ गोल गरेका थिए। बार्सिलोनाले एट्लेटिको मड्रिडबाट एन्टोइन ग्रिजम्यानलाई किनिसकेको छ। नेइमारलाई पुनः भित्र्याउने कोशिशमा रहेको बार्सिलोना त्सयसमा सफल हुन लागेपछि फिलिपे कौटिन्होलाई लोनमा पठाएको हो।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: