काठमाडौंको सुन्धारामा होटलबाट खसेर एक महिलाको मृत्यु

काठमाडौंः  सुन्धारास्थित नागराज होटलबाट खसेर एक महिलाको मृत्यु भएको छ । अन्दाजी ३८ वर्षकी तनहुँ घर भएकी दिलकुमारी गुरुङको ८ बजे घरको छतबाट खसेपछि घटनास्थलमै मृत्यु भएको हो ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक वासुदेव खतिवडाले जानकारी दिए । उनका अनुसार घटना रहस्यमय देखिएकाले सुक्ष्म तरिकाले अनुसन्धान हुनेछ ।

कमेन्ट गर्नुहोस्