चितवनमा प्रहरी र रवि लामिछानेका समर्थकबीच झडप, प्रहरीद्वारा अश्रुग्याँस प्रहार

भरतपुरः  चितवनको भरतपुरमा आज विहानै देखि रवि लामिछानेका समर्थकहरुले प्रर्दशन गरेपछि झडप भएको छ ।

पत्रकार लामिछाकाने पक्षका प्रर्दशनकारीले प्रहरीको मोबाइल गस्तीको गाडी तोडफोड गरेपछि झडप भएको हो ।

प्रर्दशनकारीलाई तितरवितर र भिड शान्त पार्न प्रहरीले लाठी चार्ज समेत गरेको छ । सो क्रममा प्रहरीले ४ राउण्ड अश्रुग्याँस प्रहार गरेको छ ।

भिड बढेपछि जिल्ला प्रहरी कार्यालय परिसरमा ठूलो संंख्यामा प्रहरी परिचालन गरिएको छ । मकालु खबरबाट

कमेन्ट गर्नुहोस्