प्रचण्ड भन्छन्, ‘पार्टी एकता नगरेको भए ठिक हुने थियो कि भन्ने अनुभूति हुन थाल्यो’

काठमाडौंः  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले पार्टी एकताका लागि चित्त नबुझेका कतिपय कुराहरुमा निर्णय लिनु पर्ने बाध्यता रहेको बताएका छन् ।

राष्ट्रिय चिकित्सक संघ र नेपाल प्रगतिशील चिकित्सक संघले शनिबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा उनले कतिपय अवस्थामा आफूलाई पार्टी एकता नगरेको भए ठिक हुने थियो कि भन्ने अनुभूति हुन थालेको बताए ।

याे पनि पढ्नुस  प्रचण्डको अध्यक्षतामा बस्ने बैठकले सांगठनिक एकताबारे निर्णय गर्दै

नेकपाको सचिवालय बैठकको लामो छलफलपछि महत्वपूर्ण कुराहरुमा निर्णय लिएको भन्दै अध्यक्ष प्रचण्डले कतिपय विषय पार्टी एकतालाई बलियो बनाउनका लागि गरिएको पनि स्पष्ट पारे ।

कम्युनिष्ट पार्टीका लागि अवसर र चुनौती दुवै भएको भन्दै उनले अहिले केही गर्न नसके इतिहासले धिक्कार्ने बताए ।

याे पनि पढ्नुस  प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थिति जानकारी लिन प्रचण्ड टिचिङमा

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले यस्तो अवसर सधैँ नआउने भन्दै सरकारका कामलाई व्यवस्थित र प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।

कमेन्ट गर्नुहोस्