न्यूजिल्याण्डद्वारा श्रीलंकालाई २६८ रनको लक्ष्य

काठमाडौंः  श्रीलंका विरुद्धको टेस्ट सिरिजको पहिलो खेलमा न्यूजिल्याण्डले २६८ रनको लक्ष्य दिएको छ ।

न्यूजिल्याण्डले दोस्रो इनिङमा २८५ रन बनाएपछि श्रीलंकाले २६८ रनको लक्ष्य पाएको हो । पहिलो इनिङमा २४९ रनमा अल आउट भएको न्यूजिल्याण्डले दोस्रो सेसनमा २८५ रन मात्र बनाउन सक्यो ।

याे पनि पढ्नुस  टि–२० सिरिजः श्रीलंकाविरुद्ध न्यूजिल्याण्डको शानदार जित

उसका लागि बीजे वाट्लिङले सर्बाधिक ७७, टम लाथमले ४५, विलियम सिमोरबिल्लीले नटआउट ४०,ट्रेन्ट बोल्ट, हेनरी नीकोलशले २६–२६, टिम साउथीले २३ र मिचेल सान्टनरले १२ रन बनाउनुबाहेक अन्यले सम्झनलायक प्रदर्शन गर्न सकेनन् ।

बलिङमा श्रीलंकाका लसिथ इम्बुलदेनियाले ४, धनन्जय डी सिल्भाले ३, लाहिरु कुमाराल २ र अकिला धनन्जयले एक विकेट लिए । पहिलो इनिङमा श्रीलंकाले २६७ रन बनाएको थियो ।

याे पनि पढ्नुस  दक्षिण अफ्रिका विरुद्धको सिरिजका लागि भारतीय टिम घोषणा

कमेन्ट गर्नुहोस्