भारतीय प्रधानमन्त्री मोदी भुटान भ्रमणमा

काठमाडौंः  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज दुई दिने भ्रमणका लागि भुटान पुगेका छन्। पारो अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री मोदीलाई भुटानका प्रधानमन्त्री डा. लोते छिरिङले स्वागत गरे ।

भुटान पुगेपछि नरेन्द्र मोदीले विमानस्थलमा गरिएको स्वागतको प्रशंसा गर्दै ट्वीट गरेका छन् । प्रधानमन्त्री पदमा दोस्रोपटक निर्वाचित भएपछि मोदीको यो दोस्रो भुटान भ्रमण हो।

शुक्रबार मोदीले छिमेकी पहिलो नीतिअनुसार भुटान भ्रमण गर्न लागेको बताएका थिए।  मोदीको भ्रमणले भुटान र भारतको सम्बन्ध थप बलियो हुने बताइएको छ।

कमेन्ट गर्नुहोस्