रवीन्द्र मिश्रले भने, ‘कामना यत्ति छ रवि लामिछाने निर्दोष सावित हुन्’

काठमाडौंः  साझा विवेकशिल पार्टीका संयोजक रवीन्द्र मिश्रले पत्रकार रवि लामिछाने निर्दोष सावित हुन् भन्दै कामना व्यक्त गरेका छन् ।

मिश्रले सामाजिक सञजाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गद्दै दिनदुखीका आवाज बोलेर अनि तिनलाई सहयोग गरेर सम्मान कमाएका रविमाथि लागेको आरोप गलत भएको सुन्न चाहेको बताएका हुन् ।

उनले देशमा ५० हजारभन्दा बढी न्यून आयका विद्यार्थीलाई एक सय रुपैयाँमा पढाएर एसइईमा राम्रो नतिजा ल्याउन सफल समता स्कूलका संस्थापक उत्तम सञ्जेलकी श्रीमती कला सञ्जेल र दिनदुखीका आवाज बोलेर अनि तिनलाई सहयोग गरेर सम्मान कमाएका रवि लामिछानेले एकै प्रकृतिका आरोप खेपिरहेको भन्दै जनताको पक्षमा काम गर्ने दुवै निर्दोष हुन भन्न चाहाना राखेको बताएका छन् ।

उनीहरू सबैले आफू निर्दोष भएको र दोषी भए कानून बमोजिम कारवाहीका लागि तयार भएको बताएको र छानविनमा सघाइरेहको भन्दै मिश्रले उनीहरूका नाम किटान गर्दै वितेर गएका दुबैको आत्माले चीर शान्ति पाओस् र परिवारले धैर्य धारण गर्ने शक्ति मिलोस भनेका छन् । रविबारे रविन्द्र मिश्रले लेखेको स्टाटस यस्तो छ–

रवी लामिछाने र कला सञ्जेल:देशमा ५० हजारभन्दा बढी न्यून आयका विद्यार्थीलाई रू १०० मा पढाएर एसइईमा राम्रो नतिजा लेराउने…

Posted by Rabindra Mishra on Friday, August 16, 2019

 

कमेन्ट गर्नुहोस्