Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

‘समाजवादमा मौलिक अधिकार भनेको स्वस्थ जीवन हो’

काठमाडौंः  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले समाजवादको मौलिक अधिकार भनेको स्वस्थ जीवन भएको बताएका छन् ।

नेपाल प्रगतिशील चिकित्सक संघद्वारा राजधानीमा आयोजित अन्तक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘हामी मानिसलाई वस्तु ठान्दैनौं बिषय ठान्छौं र मानवीय भावनाले उपचार गर्छौं ।’ उनले चिकित्सकहरुलाई केही आदर्शहरु सुत्रवद्ध गर्न आग्रह पनि गरे ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले वर्तमान नेपाल निकै ठूलो अवसर र चुनौतीको दोसाँधमा भएको बताउँदै आफूहरुको उद्देश्य र रणनीति समाजवाद भएको बताए ।

चुनावका बेला गरिएका प्रतिवद्धता र घोषणा र सरकारको तर्फबाट गरिएको ‘सुखी नेपाली समृद्ध नेपाल’को आकांक्षा पूरा गर्ने चुनौति पनि रहेको उनको भनाई थियो ।

अध्यक्ष प्रभण्डले भने, ‘यसबाट जनतामा हामीले निकै ठूलो अपेक्षा त जगाई दियौं, जनताले हामीलाई भरोषा र विश्वास पनि गर्यो र राज्य सञ्चालनको जिम्मेवारीमा राखेको छ ।’ उनले समाजवादको आधारशीला खडा गर्ने दृष्टिकोणले उपस्थित चिकित्सकहरुको भूमिका निकै महत्वपूर्ण रहेको बताए ।

नेकपाको सचिवालय बैठकले लामो छलफलपछि महत्वपूर्ण निर्णय लिएको बताउँदैअध्यक्ष प्रचण्डले कतिपय बिषय पार्टी एकतालाई बलियो बनाउनका लागि गरिएको बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: