नेकपा सचिवालय बैठक स्थगित

काठमाडौंः  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ ।

जनवर्गीय र भातृसंगठनहरूको भागवण्डा नटुंगिएपछि शनिबारका लागि बोलाइएको बैठक आवश्यक तयारी नपुगेको भन्दै भोलिसम्मका लागि स्थगित गरिएको हो।

एकताको अन्तिम काम टुंग्याउन शनिबार ४ बजेका लागि सचिवालय बैठक डाकिएको पार्टीका महासचिव बिष्णु पौडेलले जानकारी दिए ।

याे पनि पढ्नुस  मदनवादी पार्टी नेकपामा समाहित, प्रचण्डद्वारा स्वागत

भोलि बस्ने बैठकमा जनवर्गीय संगठनको इन्चार्ज तोक्ने तयारी छ। बैठकमा प्रदेश कमिटीस्तरीय विशेष कमिटी गठनको एजेण्डा रहेको स्रोतले जनाएको छ ।

नेकपाले एकताका क्रममा हालसम्म जिम्मेवारी पाउन नसकेका केन्द्रीय सदस्यलाई जनसंगठन इञ्चार्ज र सहइञ्चार्ज बनाउने तयारी गरेको छ। भोलि वरिष्ठ नेताहरू माधवकुमार नेपाल र झलनाथ खनालको वरीयताबारे पनि कुरा हुने भएको छ।

याे पनि पढ्नुस  नेकपा सचिवालय बैठक बस्दै, के विषयमा हुँदैछ छलफल?

शुक्रबारको बैठकमा नेता खनालले आफूले तीन नम्बरको वरीयता पाउनुपर्ने भनेपछि नयाँ विवाद सुरू भएको थियो। अहिले अध्यक्षद्वयपछि माधव नेपालको वरीयता रहेको छ।

कमेन्ट गर्नुहोस्