एनआरएनए पोर्चुगल निर्वाचनः चितवनका युवा ईश्वरद्धारा अध्यक्ष पदमा उम्मेदवारी

लिस्बनः  गैर आवासिय नेपाली संघ (एनआरएनए) पोर्चुगलको अध्यक्ष पदमा चितवनका युवा ईश्वर रिजालले उम्मेदवारी दिएका छन् । विगत आधादशकदेखि पोर्चुगलमा बस्दै रिजाल सामाजिक रुपमा समेत यहाँ चर्चीत छन् ।

आगामी २०१९ देखि २०२१ सम्मको कार्यकालको लागि यहि अगस्ट २५ तारिकमा निर्वाचन हुँदै छ ।

लोकप्रिय युवा रिजाल हाल उपाध्यक्ष रहेकोमा आगामी कार्यकाल (२०१९ २०२१) का लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

परिर्वतनका लागि युवा, युवामैत्री एनआरएन भन्ने चुनावी नारा दिएर उठ्न लागेको हुँ रिजालले भने समग्र नेपालीको हितका लागि नयाँ ढंगबाट काम गर्ने सोच छ । पोर्चुगलमा रिजाल एक सफल युवा व्यवसायीका रुपमा स्थापित छन् ।

बाग्लुङमा जन्मिएर चितवन घर भई हाल हाल पोर्चुगलमा बसोबास गर्दै आइरहेका रिजाल पोर्चुगलमा टर्न्पोर्ट नामक कम्पनी (युविईआर) सञ्चालन गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्