मन्त्री पण्डितले भने, ‘कम्युनिस्ट गङ्गटो नभई कमिला जस्तो बन्नुपर्छ’

काठमाडौंः  संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कम्युनिस्टहरु गङ्गटोजस्तो नभई कमिलोजस्तो हुनुपर्ने बताएका छन् ।

नेकपा बागलुङले शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले गङ्गटो र कमिलाको उदाहरण दिँदै कार्यकर्तालाई एकताबद्ध हुन आग्रह गरे ।

मन्त्री पण्डितले भने, ‘गङ्गटोले आफ्नै अभिभावकलाई सिध्याउँछ, कमिलोले एक भएर ठूलो काम गर्छ ।’

याे पनि पढ्नुस  कार्यालय समयभित्र ट्रेड युनियनको गतिविधिमाथि प्रतिबन्ध लगाउने घोषणा

कम्युनिस्ट विचार बोकेका मानिसले भीडको पछाडि लाग्ने नभई असल कामको पछाडि लाग्नु पर्ने उनले बताए । ‘सुखी नेपाली, समृद्ध नेपाल भन्ने नारा सरकारको मात्र नभई कम्युनिस्टको पनि भएको उनले स्पष्ट पारे ।

फरक प्रसंगमा उनले स्थानीय तहमा कर्मचारी अभाव छिट्टै हटेर जाने बताए ।

याे पनि पढ्नुस  कार्यालय समयभित्र ट्रेड युनियनको गतिविधिमाथि प्रतिबन्ध लगाउने घोषणा

कमेन्ट गर्नुहोस्