राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कतार शाखाको अध्यक्षमा शक्ति क्षत्री

दोहा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कतार शाखाको अध्यक्षमा शक्ति क्षत्री निर्वाचित भएका छन् ।

शुक्रबार सम्पन्न दोस्रो अधिवेशनले क्षत्रीको नेतृत्वमा सर्वसम्मत १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्ष शिवराम ढकाल, दित्तिय उपाध्यक्षमा ईमान सिहं ठकुरी, महिला उपाध्यक्षमा नानु घले, सचिवमा तिलु शर्मा पौडेल, महिला सचिवमा सन्ध्या अर्याल, सह-सचिवमा रघु नाथ शर्मा, कोषाध्यक्षमा लेखनाथ रिमाल र सह-कोषाध्यक्षमा रिदिसा चापागाई रहेका छन ।

यस्तै समितिको सदस्यमा बिकास लामिछाने, कृष्ण प्रसाद ढकाल, प्रेम बहादुर गुरुङ, दामोदर भुषाल, धनश्याम तिवारी, दिपेन्द्र सुनार महिला सदस्यमा मेनुका खतिवडा र लक्ष्मि गिरी रहेका छन ।

गैर आवासीय नेपाली संघ मध्यपुर्व उप-संयोजक प्रविन गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा कतार स्थित सामाजिक, बैचारीक, जातिय/सामुदायिक सॉस्कृतिक संघ-संस्था तथा ब्यबसायि बुद्दिजिवि र समाजसेवीको उपस्थिति रहेको थियो ।

कार्यक्रम सफलताको सुभकामना व्यक्त गर्दै सहभागीले प्रवासमा रहेर पनि आफ्नो देशको मौलिक कला र संस्कृति जोगाउन लागीपरेको भन्दै प्रतिस्ठानलाई आभार व्यक्त गरेका थिए ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कतार शाखाका कार्यबाहक अध्यक्ष शक्ति क्षत्रीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा स्वागत महिला उपाध्यक्ष नानू घलेले स्वागत र सचीव शिवराम ढकालले संचालन गरेका थिए ।

सोहि अवसरमा निर्वाचन समितीका संयोजक रामहरी गैरेले नव निर्वाचित समितीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

“हाम्रो अभियान, लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान र नवप्रतिभाको प्रोत्साहान” भन्ने नारा सहित बि.स. २०५८ मा स्थापित प्रतिस्ठानको कतार शाखा सन् २०१७को नोभेम्बर १० तारिखमा स्थापना गरिएको थियो।

कमेन्ट गर्नुहोस्