Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

१५ किलो चाँदीसहित एक भारतीय पक्राउ

जनकपुरधामः  १५ किलो अवैध चाँदीसहित प्रहरीले धनुषाको सिमावर्ती क्षेत्रबाट एक जना भारतीय नागरिक पक्राउ गरेको छ ।

अवैद्य चाँदीसहित भारततर्फ जाने क्रममा प्रहरीले औरही गाउँपालिकाको देउरीबाट भारतको विहार जिल्ला मधुवनी प्रखण्ड जयनगर पञ्चायत–२ भेवाचोक बस्ने २७ वर्षका बन्धुकुमार सिंहलाई पक्राउ गरेको हो ।

सिंहलाई ज ८ प ९२३५ नम्बरको नेपाली नम्बरप्लेटको मोटरसाईकलको ट्यांकीको तल प्लास्टिकको ६ वटा पोकामा चाँदी लुकाएर भारततर्फ लगिरहेको बेला चेकजाँचको क्रममा पक्राउ गरेको सशस्त्र बल प्रहरी धनुषाका उपरीक्षक राजेश उप्रेतीले जानकारी दिए।

उनका अनुसार बरामद गरिएको चाँदी १० लाख ९३ हजार १ सय १० रुपैयाँ मूल्य बराबरको रहेको छ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: