विप्लवको निशानामा रहेका मुख्यमन्त्री शाही मोटरसाइकलमा कालिकोट पुगेपछि

कालीकोटः  नेत्रविक्रम चन्द ‘विप्लव’ को निशानामा रहेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही मोटरसाइकल चढेर पचालझरना गाउँपालिकाले आयोजना गरेको बिशेष गाउँसभामा भाग लिएका छन् ।

भिरको बाटो आफै मोटरसाइकल चलाएर गएका मुख्यमन्त्री शाहीले बीचबीचमा आफनो जन्मभूमि विकासकोबारे कालिकोटमा छलफल पनि गरेका थिए ।

मुख्यमन्त्री शाहीले जनप्रतिनिधिलाई शिक्षा दिन मोटरसाइकलको यात्रा गरेका शाहीसँगै रहेका नेकपाका एक नेताले बताए। अनाबश्यकरुपमा तडकभडकबाट जनप्रतिनधि टाढा रहनुपर्नेमा मुख्यमन्त्री शाही जोड दिँदै आएका छन् । रारान्यूजबाट

कमेन्ट गर्नुहोस्