Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

उपप्रधानमन्त्री यादवले भने, ‘प्रतिबद्धता पूरा नभए सरकारबाट बाहिरिन्छौं’

गोरखाः  उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले सरकार सही ढंगले अघि बढ्न नसकेको आरोप लगाएका छन् ।

उनले आज गोरखामा आयोजना गरिएको पत्रकार सम्मेलनमा भने, ‘समष्टिगत रुपमा हेर्दा उत्साहवर्द्धक अवस्था बनिसकेको छैन, दुई तिहाइको सरकार, त्यो पनि कम्युनिष्ट पार्टीको सरकारबाट जनताले ठूलो अपेक्षा गरेका छन्, त्यो अपेक्षालाई पूरा गर्न सकिन्छ कि सकिन्नँ भनेर शंका गर्नुपर्ने अवस्था पो भैसक्यो त ।’

गरिबी, बेरोजगारीका समस्या, भूमिलाई आधुनिकीकरण गर्ने, आर्थिक अवस्थामा सुधार, औद्योगिकीकरण, बाहिरी प्रविधि भित्र्याउने लगायतका कुनै पनि काम सरकारबाट हुन नसकेको उनको भनाइ छ ।

संविधान संशोधनको शर्तमा मात्रै आफ्नो पार्टी सरकारमा सहभागी भएको भन्दै उनले त्यो पूरा नभए सरकारबाट बाहिरिने बताए । ‘उहाँहरुले संविधान संशोधनको प्रतिबद्धता गर्नुभयो, हामी दुई तिहाइ पुर्‍याइदिन सरकारमा गयौंँ’, उनले भने, ‘ओलीजी, प्रचण्डजीलाई भेट्दा हुन्छ हुन्छ भन्नुभएको छ, आशा छ छिट्टै प्रतिबद्धता पूरा गर्नुहोला ।’

हरेक पालिकामा १५ शय्याको अस्पताल स्थापनाका लागि सरकारले प्रयास गरिरहेको मन्त्री यादवको भनाइ छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: