के मृत्युपछि पनि जीवन निरन्तर छ त?

मृत्यु त्यो शाश्वत सत्य जसको बोध थोरैले मात्र गरेका छन् या गर्न सक्छन् जे भनौँ । तर बाँकी रहेका अरु सबै जीवनका असांयोगिक पाटाहरुलाई वास्तविकतामा ढाल्न तल्लिन छन् जसले गर्दा उनीहरु भुलिरहेछन् बाँचनुको सार्थकता, जीवनको यथार्थ बुझाई र मरणको वास्तविकता ।

हरेकले आफ्नो जन्मसँगै मृत्यु पनि लिएर आएका छन् । त्यहि मृत्यु कसैका लागि चाँडो त कसैका लागि ढिलो आईदिन्छ । हर जो कोहिलाई पनि मृत्युसँग डर नै लाग्छ तर यसको अर्थ आत्महत्या गर्नेहरु निडर र बहादुर हुन् भन्ने पनि हैन । आत्महत्या त जिवनको बोध गर्न नसक्नेहरुले, मानसिक संकुचनका रुग्णहरुले जीवनप्रति गर्ने अपराध हो, त्यसैले त धार्मिक ग्रन्थहरुमा पनि ‘आत्महत्या महापाप हो ‘ भनि लिपीबद्द गरिएको छ ।

मृत्यु एक त्यस्तो सत्य हो जसको आगमनको न कुनै समय हुन्छ, न त कुनै संकेत नै यो त जुनसुकै बेला जो सुकै माथि जहाँसुकै पनि घट्न सक्छ । बाटो काट्दा काट्दै गाडीको ठक्करले, अहिलै भुईँचालो आएर, ज्वालामुखी फुटेर, हृदयघात भएर होस या अन्य कुनै रोग र बिरामको कारणले होस् जो सुकैको पनि मृत्यु हुन सक्छ । तर यी त मृत्युका बाहाना मात्र हुन् मानिस मर्दछ छ त बाँचेको हुनाले । मृत्यु त्यो सत्य जुन अकाट्य र अवस्यम्भावी छ । त्यसैले पनि होला कबि सिरोमणि लेखनाथ पौड्यालले भन्नुभएको

याे पनि पढ्नुस  झरनाबाट खस्दा सैनिक श्रेष्ठको मृत्यु

‘ आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो, इन्द्रै बिन्ति गरुन झुकेर पदमा त्यो बिन्ति मान्दैन त्यो । ‘

के मृत्यु पछि पनि जीवन निरन्तर छ त ? भनिन्छ आत्मा अमर छ, शरिर मरेर गए पनि आत्मा उडेर गई अन्य कुनै शरिरमा समाबिष्ट हुन्छ । के आत्मा पनि शरिरको परिवर्तनसँगै परिवर्तन हुन्छ ? यदि हुन्छ भने आत्म कसरि अमर भयो र ? यदि शरिरसँगै आत्माको परिवर्तन हुँदैन भने पनि फेरि किन जन्मेनन् ति हिटलर र मुसोलिनीका क्रुर आत्माका प्रतिबिम्बहरु ?, फेरि किन जन्म भएन शान्तिका दुत गौतम बुद्दहरुको ?, किन आएनन् अरस्तु, रुसो, न्यूटन र आइन्सटाईनका आत्मा ग्रहण गरेका शरिरहरु ? यि र यस्ता प्रश्नहरुले मलाई दोधार तुल्याउँछ र म एउटै निश्कर्षमा पुग्छु । आत्म अमर हुनसक्छ तर आत्मीक पहिचान मृत्युसँगै बिलीन भएर जान्छ जो गुणकारी र हितकारी हुन्छन् तिनीहरुको पहिचान ईतिहासमा लिखत हुन्छ । समयको परिवर्तनसँगै तिनिहरुका कामहरु जिवन्त रहन्छन् र असलहरुका लागि आदर्श पनि बन्छन् तिनीहरु । त्यसैले सबैका लागि नभए पनि धेरैका लागि हितैसी र असल बन्नु उचित हुन्छ ।

याे पनि पढ्नुस  झरनाबाट खस्दा सैनिक श्रेष्ठको मृत्यु

असल भन्नुको अर्थ सोझो र कम बोल्नु भन्ने हैन । प्रतिक्रिया बिहीन, असंबेदनशिल र निष्कृय नरहि जिवन्त बन्नु, ठिकलाई सराहना गर्नुलाई असलपनका लक्षण भन्न सकिन्छ । हुन त असल बन्न र रहिरहन सजिलो छैन प्रयत्नसाध्य र कठिनसाध्य छ तर जीवनको अतभुत आनन्द, सार्थकता र सुन्दरता पनि यसैमा छ ।

याे पनि पढ्नुस  झरनाबाट खस्दा सैनिक श्रेष्ठको मृत्यु

हरेकमा यस्तो सकारात्मक विचार विकास होस् कि, आजको दिन भनेको मेरो लागि हो भन्ने धारणा पैदा होस् र आजका लागि आजै योजना बनाई त्यसलाई आजै फत्ते गर्नु पर्छ भन्ने दृढ सोच होस् जसले मनमा शान्ति त दिलाउँछ नै, भोलिका योजनाहरुलाई अर्थपुर्ण बनाउने हौसला पनि दिन्छ र जीवन भोगाईलाई बुझ्ने बाटो पनि तय गरिदिन्छ ।

हरेकमा आफ्नै विशिष्ट क्षमता, बुद्धि र विवेक छ; आँट छ। तिनलाई निष्क्रिय नराखी, क्रियाशील बनाउनु, अभ्यासमा ल्याउनु र अरु विकसित गराउनुलाई जीवनको उपभोग भन्न सकिन्छ । जसले जीवनको उपभोग गर्नसक्दछ उसले जीवनलाई सुन्दर बनाउन र जीवनको मुल्य बोध गर्नसक्दछ। जीवनको मुल्य बोध गर्नु भनेको जीवनलाई सकारात्मक्तामा भरपुर उपयोग गर्नु हो ता कि मृत्यको क्षणमा पनि आफ्नो जीवन प्रती गुनासो गर्दै मृत्युवरण गर्नु नपरोस् । कान्तिपुर दैनिकबाट

कमेन्ट गर्नुहोस्