अभियुक्त फरार प्रकरणः असई भण्डारी निलम्बित

जनकपुरधामः  अभियुक्त फरार भएको प्रकरणमा दोषी देखिएपछि एक प्रहरी सहायक निरीक्षक (असई) लाई निलम्बित गरिएको छ ।

उक्त घटनामा दोषी देखिएपछि जिल्ला प्रहरी कार्यालय धनुषाले असई रामकुमार भण्डारीलाई निलम्बित गरेको हो ।

बिहीबार जबरजस्ती करणी मुद्दामा पक्राउ परेका अभियुक्त सिरहा नगरपालिकाका २० वर्षीय राममणी यादव जिल्ला प्रहरी कार्यालयबाटै फरार भएका थिए।

याे पनि पढ्नुस  कामबाट निकालिएकी महिलाले आत्महत्या गरेपछि राजमार्गमा चक्काजाम

प्रहरी उपरीक्षक (एसपी) शेखर खनालका अनुसार फरार भएको घटनामा असई भण्डारीको लापरबाही देखिएकोले तत्कालै निलम्बन गरिएको हो ।

फरार घटनाको छानबिन गर्न प्रहरी नायब उपरीक्षक (डिएसपी) रामेश्वर भण्डारीको नेतृत्वमा ५ सदस्य छानबिन समिति गठन गरिएको समेत उनले जानकारी दिए।

कमेन्ट गर्नुहोस्