राष्ट्रपति ट्रम्पले हस्तान्तरण गरे तीन महिनाको पुरै तलब स्वास्थ्य निकायलाई

वाशिङ्गटन । अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले आफ्नाे तीन महिनाकाे तलब सर्जरी निकायलाई हस्तान्तरण गरेका छन् ।

राष्ट्रपति ट्रम्पले एक ट्विट गर्दै याे त्रैमासिककाे तलब अफिस अफ द सर्जन जनरललाई हस्तान्तरण गरेकाे जनाएका हुन । याे रकम आगामी हेल्थ एडभाईजरीका लागि खर्च गर्ने व्हाईट हाउसले जनाएकाे छ ।

आफ्नाे तलबबाट स्वास्थ्यक्षेत्रलाई हस्तान्तरण गरेकाे याे तेश्राे पटक हाे । “राष्ट्रपतिले अमेरिकी जनताकाे स्वास्थ्यमा सुधार गर्न सर्जन अफिसकाे।महत्वलाई आत्मसात गर्नुभएकाे छ ।” विज्ञप्ति जारि गर्दै व्हाईट हाउसले भनेकाे छ ।

राष्ट्रपतिले पाउने त्रैमासिक तलबवापतकाे ४ लाख डलर नै स्वास्थ्यमा सहयाेग गर्न खाेजेपनि कानुन अनुसार एक लाख डलर मात्र एक क्षेत्रमा दिनु परेकाे विज्ञप्तिमा उल्लेख छ ।

गत निर्वाचनमा ट्रम्पले आफ्नाे पूरै तलब स्वास्थ्य क्षेत्रलाई दान दिने घाेषणा गरेका थिए ।

कमेन्ट गर्नुहोस्