संगठन विभाग प्रमुख भएपछि वामदेवकाे पहिलाे निर्देशन– नेकपामा अबदेखि ‘नमस्कार’

काठमाडौंः  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संगठन विभाग प्रमुख एवम् पूर्व गृहमन्त्री वामदेम गौतमले नेता, कार्यकतालाई शिष्टाचारसहित नमस्कार गरेर एकअर्कालाई सम्मान गर्न आग्रह गरेका छन् ।

एकले अर्काको अस्तित्वलाई बुझेर नमस्कार गर्दा कसैलाई पनि अपमान नहुने भन्दै गौतमले नयाँ सभ्यताको सुरुवात गर्न आग्रह गरेका हुन् ।

याे पनि पढ्नुस  कास्की-२ बाट चुनाव नलडने वामदेव गाैतमकाे घाेषणा

नेता, कार्यकर्तासँगको अनौपचारिक भेटमा गौतमले मुलुकलाई समृद्ध बनाउने अभियानमा लागेका अभियन्ताहरुले आफ्नो बानी, व्यवहारमा समेत परिवर्तन ल्याउनुपर्ने बताए ।

जनताले ठूलो आशा र भरोसा गरेकाले हाम्रा व्यवहारहरुलाई नजिकबाट नियालिरहेको गौतमको भनाइ थियो ।

परिवर्तन सम्भव छ भन्ने विषयलाई अंगिकार गर्दै गौतमले आजैबाट आफैबाट ‘नमस्कार’ को थालनी गर्न आग्रह गरेका हुन् ।

याे पनि पढ्नुस  कास्की-२ बाट चुनाव नलडने वामदेव गाैतमकाे घाेषणा

२००६ साल बैशाख १० गते ५ जनाको कमिटिबाट स्थापना भएको नेपाल कम्युनिष्ट पार्टी ७० दशकको अवधिमा नेपालको बृहत्त पार्टी बनेको छ ।

जनअपेक्षा अनुसार काम गर्न र जनताको मन सजिलै जित्न आफ्नो बानीमा परिवर्तन ल्याउनु अहिलेको आवश्यकता रहेको नेकपाका नेताले जनाएका छन् ।

याे पनि पढ्नुस  कास्की-२ बाट चुनाव नलडने वामदेव गाैतमकाे घाेषणा

नेताहरु सुविधाभेगी र विलासी भए भन्ने निरासालाई चिर्नपनि मितव्ययितामा जोड दिनुपर्ने गौतमको भनाइ छ ।

कमेन्ट गर्नुहोस्