Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

टेस्ट क्रिकेटः स्मिथले बनाए अर्को कीर्तिमान

काठमाडौंः  अष्ट्रेलिया क्रिकेट टिमका पूर्वकप्तान एवं महत्वपूर्ण सदस्य स्टिभ स्मिथले नयाँ कीर्तिमान बनाएका छन् ।

उनले इंग्ल्याण्डविरुद्ध टेस्ट क्रिकेटमा लगातार सर्बाधिक अर्धशतक बनाउँदै नयाँ कीर्तिमान बनाएका हुन् ।

स्मिथले इंग्ल्याण्डसँगको एशेज सिरिजको दोस्रो खेलमा शतक बनाउन चुके पनि कीर्तिमान बनाउन भने सफल रहे ।

उनले आज १४ चौकाको मद्दतमा १६१ बलमा ९२ रन बनाए । यो ९२ रनसँगै स्मिथले पूर्वब्याट्सम्यान माइकल हसीको कीर्तिमानलाई तोडेका छन् ।

माइकलले २००९ देखि २०१० सम्म इंग्ल्याण्डविरुद्ध लगातार ६ पटक ५० भन्दा बढी रन बनाएका थिए ।

यस्तै स्मिथ एशेज श्रृंखलामा लगातार ७ पटक ५० बढी रन बनाउने पहिलो ब्याट्सम्यानसमेत बनेका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: