थानकोटबाट पेस्तोलसहित विप्लवका कार्यकर्ता पक्राउ

काठमाडौंः  चन्द्रागिरी नगरपालिका–२ नागढुंगास्थित चेकप्वाईन्टबाट २ थान अटोमेटिक पेस्तोल र २० राउण्ड गोलीसहित ललितपुर कोन्ज्योसम गाउँपालिका–२ बस्ने २८ वर्षीय मुनाल भन्ने सुलभ लामालाई थानकोट प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी बृत्त थानकोटका प्रहरी प्रमुख डीएसपी कुमार बिक्रम थापाले प्रहरीको प्रारम्भिक अनुसन्धानबाट लामा विप्लव कार्यकर्ता रहेको खुल्न आएको रातोपाटीलाई जानकारी दिए ।

थापाका भने, ‘धादिङबाट काठमाडौं आउँदै गरेको बा२ ख १९८० नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार लामाको साथमा रहेको झोला जाँच गर्ने क्रममा झोलाभित्र उक्त पेस्तोल तथा गोली लुकाई छिपाई राखेको अवस्थामा फेला परेको हो ।’

लामाको साथबाट उसालेखिएको ९० एमएलको तेल रहेको बोतल २ थान, बाइनाकुलर १ थान, मोबाइल ५ थान तथा विभिन्न सम्पर्क नम्बरहरु भएको डायरी तथा कागजातहरु समेत प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेका लामामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्