कास्किकी बोन म्यारो पिडित गुरुङलाई कतारबाट आर्थिक सहयोग

दोहा,साउन ३२।तमु प्ये ल्हु संघ कतार शाखाले बोन म्यारो रोग बाट सुनिता कास्किकी बोन म्यारो पिडित गुरुङलाई कतारबाट आर्थिक सहयोग आर्थिक सहयोग प्रदान गरेको छ ।

संघले बिगत एक बर्ष देखी बोन म्यारो बाट पीडित गुरुङलाई नगद एक लाख सैतिस हजार चार सय सन्ताउन्न प्रदान गरेको छ । पीडित गुरुङको परिवारलाई पुर्व आइजिपी हेम बहादुर गुरुङ मार्फत सहयोग हस्तान्तरण गरेको संघका अध्यक्ष रबिन्द्र गुरुङले बताए ।

यसैबीच कास्की आदर्श सेवा समाज कतारले पनि पीडित गुरुङलाई नगद सत्चालीस हजार छ सर बत्तीस रुपैया नगद प्रदान गरेको छ ।संस्थाका केन्द्रिय सदस्य छेत्र बहादुर गुरुङ(सीबी) को संयोजनमा कतारमा संकलित रकम पुर्व केन्द्रिय सदस्य तथा आजिवन सदस्य भिम गिरि मार्फत नेपालमा प्रदान गरिएको हो ।

उपचारको लागी पीडित गुरुङको आर्थिक अवस्था कमजोर भएको भनी सहयोगको लागी पत्र प्राप्त भएकोले कतारमा स्वैच्छिक रुपमा संकलन गरि प्रदान गरिएको कास्की आदर्श सेवा समाज कतारका अध्यक्ष बिश्वबन्धु थापाले बताए ।

कमेन्ट गर्नुहोस्