जुगेडीको पुलबाट ट्रक खस्यो

चितवन, नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत पर्ने जुगेडी पुलबाट ट्रक खसेको छ ।

काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ६५० नम्वरको ट्रक पुलबाट खोलामा खस्दा तीन जना घाइते भएका छन् । घाइतेमध्य एकको अवस्था गम्भिर र दुईको मध्यम रहेको प्रहरीले जनाएको छ ।

याे पनि पढ्नुस  गणपति बिसर्जन गर्दा डुंगा पल्टियो, ११ बढीको मृत्यु

चालक सहित घाइते भएकाहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्