दिल्लीको एम्समा आगलागी, ७ घण्टापछि नियन्त्रण, करोडौंको क्षति

काठमाडौं । भारतको प्रख्यात एम्स अस्पतालमा भएको आगलागी लामो समयपछि नियन्त्रणमा लिइएको छ ।

अस्पतालको तोश्रो तलामा रहेको अध्यापन कक्षबाट शुरु भएको आगलागी भवनको पाँचौ तलासम्म फैलिएको थियो ।

अखिल भारतीय आयुर्विज्ञान संस्थान एम्समा शनिबार साँझ साढे चार बजे आगलागी शुरु भएको थियो । आगो निभाउन ४ दर्जन बढी वारुण यन्त्र परिचालन भएपनि ७ घण्टापछि मात्रै आगो नियन्त्रमा आएको थियो ।

टिचिङ ब्लकबाट शुरु भएको आगो पाँचौ तलासम्म फैलिएपछि बिरामीहरुलाई अन्य वार्डमा लगिएको थियो । ५० बढी बिरामी र स्टाफहरुले भागेर ज्यान बचाएका थिए ।

आगलागीबाट करोडौंको नोक्सानी भएको छ ।

आगलगीका कारण बिरामीहरुमा त्रास फैलिएपनि मानवीय क्षति भने हुने पाएन ।

कमेन्ट गर्नुहोस्